औँला भाँच्चिए पनि मार्टिनेजले एस्टन भिल्लालाई ४४ वर्षपछि दिलाए युरोपेली उपाधि
सारांश
- एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले युरोपा लिग फाइनल खेल सुरु हुनुअघिको वार्म-अपका क्रममा आफ्नो औँला भाँच्चिएको खुलासा गरेका छन्।
- उनको चोटका बाबजुद, मार्टिनेजले फ्राइबर्ग विरुद्धको खेलमा पूरा समय खेले र एस्टन भिल्लालाई ४४ वर्षपछि युरोपेली उपाधि दिलाउन सफल भए।
- मार्टिनेजले यसअघि पनि फाइनल खेलहरू जितेका छन् र यो उपाधिले उनको करियरमा अर्को महत्वपूर्ण जित थपेको छ।
लन्डन । एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले युरोपा लिग फाइनल खेल सुरु हुनुअघिको वार्म–अपका क्रममा आफ्नो औँला भाँच्चिएको खुलासा गरेका छन्।
अर्जेन्टिनी गोलकिपर मार्टिनेज इस्तानबुलमा खेल सुरु हुनु ठिक अगाडि घाइते भएका थिए र उनलाई फिजियोले परीक्षण गरेका थिए। तर बुधबारको खेलमा उनले पूरै समय मैदानमा बिताए र फ्राइबर्गलाई ३–० ले पराजित गर्दै भिल्लालाई ४४ वर्षमा पहिलो पटक युरोपेली उपाधि दिलाउन सफल भए।
३३ वर्षीय मार्टिनेजले खेलमा धेरै मिहिनेत गर्नु परेन, किनभने युरी टिलेमान्स, एमी बुएन्डिया र मोर्गन रोजर्सको गोलले भिल्लाको मुख्य उपाधिको पर्खाइलाई समाप्त पारेको थियो । तैपनि उनले दुई वटा बचाउ गरे।
खेलपछि बोल्दै उनले भने, ‘आज वार्म–अपका क्रममा मेरो औँला भाँच्चियो तर मेरा लागि हरेक खराब कुराले केही न केही राम्रो लिएर आउँछ । मैले आफ्नो जीवनभर यही गरेको छु र गरिरहनेछु ।’
उनले अगाडि भने, ‘के म चिन्तित हुनुपर्छ ? मैले यसअघि कहिल्यै औँला भाँचेको थिइनँ, जति पटक मैले बल समातेँ, यो अर्कोतर्फ गयो, तर यी यस्ता कुरा हुन् जसलाई पार गर्नैपर्छ र म एस्टन भिल्लाको रक्षा गर्न पाउँदा गर्व गर्छु।’
औँलाको चोटले मार्टिनेजलाई खेलपछिको उत्सव मनाउनबाट पनि रोकेन। उनी भिल्लाका समर्थकहरूमाझ हामफालेर सेलिब्रेसनमा सहभागी भए र म्यानेजर उनाई एम्रीलाई हावामा उठाएर खुसीयाली मनाए।
अर्को महिना अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपका लागि टोली घोषणा गर्ने तयारीमा रहेको अर्जेन्टिनाले मार्टिनेजको चोट धेरै गम्भीर नहोस् भन्ने कामना गर्नेछ। आर्सनलका पूर्व गोलकिपर मार्टिनेजले आफ्नो करियरमा खेलेका एफए कप फाइनल, विश्वकप फाइनल, दुई वटा कोपा अमेरिका र अहिले युरोपा लिग सहितका सबै फाइनल खेल जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण