केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन
सारांश
- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम 'सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी' राखिएको छ ।
- नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले परिवर्तन गरिएको हो ।
- अब प्रमाणपत्रमा नयाँ अङ्ग्रेजी नाम प्रयोग गरिनेछ ।
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ ।
समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् ।
‘समितिले प्रदान गर्ने प्रमाण पत्रमा अब अङ्ग्रेजी नाम ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ रहने छ भने नेपालीमा पुरानै नाम केन्द्रीय चलचित्र जाँच समिति रहनेछ’, बास्तोलाले भनिन् ‘समितिको नाम पहिलेदेखि प्राक्टिस सेन्सर बोर्ड भनिए पनि नेपाली नाम अङ्ग्रेजी गर्दा ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ हुने रहेछ ।’ नाम कार्यविधि वा ऐन मार्फत परिवर्तन भन्दा पनि नेपाली नाम अनुसार मिलाएको बास्तोलाको भनाइ छ ।
सेन्सरको यसअघिको कार्यसमितिले फिल्म कैँची नचलाउने र जाँच गरेर ‘ग्रेडिङ’सहितको प्रमाणपत्र दिने भनेर कार्यविधि नै परिवर्तन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण