‘कुम्भ’को रोमान्टिक गीतमा ‘स्पर्श’मा अशोक र सृष्टिको अभिनय
सारांश
- आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘कुम्भ’को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक भएको छ ।
- गीतमा मनिष शाहीको स्वर, रन्धिर श्रेष्ठको शब्द र डीजे एएनको सङ्गीत छ ।
- फिल्ममा अशोक आर्यन र सृष्टि खड्काको मुख्य अभिनय रहेको छ ।
काठमाडौँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘कुम्भ’ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक गरेको छ ।
मनिष शाहीको स्वर रहेको गीतमा शब्द फिल्मका लेखक तथा निर्देशक रन्धिर श्रेष्ठको छ । गीतमा सङ्गीत डीजे एएनले भरेका हुन् ।
गीतमा फिल्मका मुख्य कलाकार अशोक आर्यन र सृष्टि खड्का बीचको रोमान्टिक केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । प्रेम, भावना र सम्बन्धको मिठासलाई समेटिएको गीतको भिडियो दर्शकले रुचाउने विश्वास निर्माण पक्षले लिएको छ ।
‘कुम्भ’ एक्सन तथा सामाजिक कथावस्तुमा आधारित फिल्म हो । फिल्ममा अशोक आर्यन, सृष्टि खड्का, सुनिल थापा, रोहित रुम्बा, सुशील पोखरेल, रोबर्ट सिंह, सुरेन्द्र ठाकुर, अफ्सना थापा, आरजे सापकोटा, मुन्ना सर्राफ लगायत कलाकारहरूको अभिनय छ ।
फिल्मको लेखन, निर्देशन, छायाङ्कन तथा सम्पादन रन्धिर श्रेष्ठ स्वयंले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, अप्ठ्यारोमा कोशीको संसदीय अंकगणित
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण