नेपालको विकासशील देशमा स्तरोन्नति हुने कार्यक्रम सन् २०२९ सम्मका लागि स्थगित*
सारांश
- नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरेको छ ।
- यसअघि सन् २०२४ को नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखिएकोमा प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्यलाई ६ वर्ष पछाडि धकेल्दै सन् २०३० को नोभेम्बरसम्मका लागि सारिएको छ ।
- विकासशील राष्ट्रमा स्तरोन्नति हुनासाथ नेपालले अति कम विकसित देशको रूपमा पाउँदै आएको भन्सार छुट र कोटा फ्री जस्ता व्यापारिक सुविधाहरू गुम्ने खतरा रहन्छ, जसले अर्थतन्त्रमा थप सङ्कट आउन सक्ने आकलन सरकारको छ ।
काठमाडौँ । नेपालले अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने कार्यक्रमलाई तत्कालका लागि स्थगित गरेको छ ।
विश्वमा बढ्दै गएको द्वन्द्व र त्यसका कारण सिर्जित आर्थिक चुनौतीहरूलाई मुख्य कारण देखाउँदै सरकारले यो प्रक्रिया तत्कालका लागि अगाडि नबढाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले अति कम विकसित राष्ट्रहरूको सूचीबाट विकासशील देशमा स्तरोन्नति हुने विषयलाई हालका लागि स्थगित गरिएको जानकारी दिए । नेपालले यसअघि सन् २०२४ को नोभेम्बरसम्ममा विकासशील देशको सूचीमा स्तरोन्नति हुने लक्ष्य राखेको थियो ।
तर, विद्यमान प्रतिकूल परिस्थितिका कारण उक्त लक्ष्यलाई पछाडि धकेल्दै सन् २०२९ को नोभेम्बरसम्मका लागि सारिएको छ । यस निर्णयबारे परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघ (यूएन) लाई समेत औपचारिक रूपमा जानकारी गराइसकेको प्रवक्ता क्षेत्रीले प्रस्ट पारे ।
स्तरोन्नति प्रक्रिया स्थगित गर्नुका पछाडि मन्त्रालयले आन्तरिक तथा बाह्य आर्थिक सूचकहरूको प्रतिकूलतालाई प्रमुख कारण मानेको छ । विश्वमा बढ्दै गएको द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा गम्भीर असर परेको, वैदेशिक रोजगारीमा ह्रास आएको र रेमिट्यान्स प्रवाहमा समेत प्रभाव परेको मन्त्रालयको निष्कर्ष छ । यसका साथै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतभन्दा माथि जान नसक्ने प्रक्षेपण गर्नु अर्को चुनौतीपूर्ण कारक बनेको छ ।
विकासशील राष्ट्रमा स्तरोन्नति हुनासाथ नेपालले अति कम विकसित देशको रूपमा अन्तर्राष्ट्रिय बजारमा पाउँदै आएको भन्सार छुट र कोटा फ्री जस्ता व्यापारिक सुविधाहरू गुम्ने खतरा रहन्छ । वर्तमान अवस्थामा यी सुविधाहरू गुम्दा नेपाली अर्थतन्त्रमा थप सङ्कट आउन सक्ने आकलन सरकारको छ । यसबाहेक बढ्दो भूराजनीतिक जटिलता र कोभिड–१९ को दीर्घकालीन असरले समेत अर्थतन्त्र पुनर्उत्थानमा बाधा पुर्याएकाले स्तरोन्नति कार्यक्रम सार्न नेपाल बाध्य भएको प्रवक्ता क्षेत्रीले बताए ।
*सच्याइएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण