धादिङस्थित खानीमा टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु
शुक्रबार, ०८ जेठ २०८३, १६ : २०
सारांश
- धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालक दीपेन्द्र खत्रीको मृत्यु भएको छ ।
- काठमाडौँ महानगरपालिका वडा नम्बर–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न पुगेका चालक खत्रीलाई खानी क्षेत्रमा अचानक माथिबाट आएको ढुंगाले किचेको थियो ।
- स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै शव निकाल्न दिएका छैनन् र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ । सोही गाउँपालिका घर भएका ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले रातोपाटीलाई बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न भनेर दीपेन्द्र बा.५ख ८५८० नम्बरको टिपर लिएर त्यहाँ पुगेका थिए ।
खानी क्षेत्रमा प्रवेश गरेपछि अचानक माथिबाट आएर ठुलो ढुंगाले टिपर सहित चालकलाई किचेको थियो । स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै दीपेन्द्रको शव घटनास्थलबाट निकाल्न दिएका छैनन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय खानी खोलाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र लिक गर्नेलाई कडा कारबाही गर्ने प्रधानमन्त्री मोदीको प्रतिबद्धता, संयम अपनाउन अपिल
-
कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशका चुनौती सामना गर्न सक्छ : महर
-
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
-
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि कमिन्स, हेजलवुड र लायनको पुनरागमन
-
काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण