बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने, अतिरिक्त काम गरे 'ओटी'

शनिबार, ०९ जेठ २०८३, ०७ : ५२
शनिबार, ०९ जेठ २०८३

सारांश

  • बैंकका कर्मचारीहरूलाई अतिरिक्त समय काम गर्न बाध्य नपारिने भएको छ ।
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई ओभरटाइमका लागि बाध्य नपार्न निर्देशन दिएको छ ।
  • यदि कर्मचारीहरूले अतिरिक्त समयमा काम गर्न चाहेमा उनीहरूलाई थप पारिश्रमिक दिनुपर्नेछ ।

काठमाडौं । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न बाध्य नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । 

त्यस्तै, कुनै कर्मचारी ओभरटाइम काम गर्न तयार हुन्छ भने यसबापत थप पारिश्रमिक प्रदान गर्नुपर्ने समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले बैंकहरूलाई श्रमसम्बन्धी कानुन र कर्मचारीसम्बन्धी राष्ट्र बैंकको निर्देशन पूर्ण रूपमा पालना गर्न निर्देशन समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप