यात्रा गर्दै हुनुहुन्छ ? यी राजमार्ग अझै छन् अवरुद्ध
सारांश
- देशका विभिन्न मुख्य राजमार्गहरूमा अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण सवारी आवागमन प्रभावित भएको छ।
- कर्णाली करिडोर, मध्यपहाडी लोकमार्ग, हिल्सा-सिमकोट सडक खण्ड, र वीपी राजमार्गका केही खण्डहरू पहिरो र बाढीका कारण पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
- केही स्थानमा पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ । पछिल्लो केही दिनदेखिको अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीलेको विवरण अनुसार, बाढी र पहिरोका कारण कर्णाली, गण्डकी र बागमती प्रदेशका कतिपय सडक खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन्।
प्रहरीका अनुसार कर्णाली करिडोर अन्तर्गत कालीकोटमा जेठ ८ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, मध्यपहाडी लोकमार्ग अन्तर्गत लम्जुङको बिमिरेभन्ज्याङमा जेठ ४ गतेदेखि नै पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ।
हुम्लाको नाम्खा गाउँपालिका–२ मा सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै वैशाख २९ गतेदेखि नै हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको खतराका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यो खण्डमा वैशाख २२ गतेदेखि नै अर्को आदेश नभएसम्मका लागि सावधानी अपनाइएको प्रहरीले जनाएको छ।
केही स्थानमा भने पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ। भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग र संखुवासभाको मकालुमा पहिरोका कारण कोशी राजमार्ग एकतर्फी सुचारु छ।
म्याग्दीको बेनी-जोमसोम सडक खण्डको जलथले र तल्लो बैसरीमा गएको पहिरोपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण