शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडकको अवस्था

शनिबार, ०९ जेठ २०८३, ०८ : ५९
शनिबार, ०९ जेठ २०८३

सारांश

  • अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम तीन वर्षअघि सुरु भए पनि अझै पूर्ण हुन सकेको छैन ।
  • आयोजनाको समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ, जसमा मुख्य सडक, सर्भिस लेन, नाला, पुल, कल्भर्ट तथा अण्डरपास निर्माणको कामलाई तीव्रता दिइएको छ ।
  • निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, वर्षायाममा काम प्रभावित हुनु र पोल तथा पाइप सार्ने कार्यमा ढिलाइ जस्ता कारणले आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुने सम्भावना न्यून देखिएको छ ।

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको काम अझै पूर्ण हुन सकेको छैन । तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अहिले पनि जारी रहेकाले दैनिक यात्रु, स्थानीय बासिन्दा तथा व्यवसायीले धूलो, हिलो र जामको समस्या खेपिरहेका छन् ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म फैलिएको यो सडक खण्डलाई दुई प्याकेजमा विभाजन गरेर निर्माण भइरहेको छ । पहिलो खण्ड सूर्यविनायक–साँगा र दोस्रो खण्ड साँगा–धुलिखेल रहेको छ । आयोजनाअनुसार हालसम्म समग्र भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ । केही महिनाअघि यो प्रगति ६७ प्रतिशत रहेको थियो भने त्यसअघि ५० प्रतिशत हाराहारीमा मात्रै सीमित थियो ।

आयोजनाले मुख्य सडक, सर्भिस लेन, नाला, पुल, कल्भर्ट तथा अण्डरपास निर्माणको कामलाई तीव्रता दिएको जनाएको छ । विशेषगरी साँगा क्षेत्रमा निर्माण भइरहेको अण्डरपास अहिले आयोजनाको मुख्य आकर्षण बनेको छ । उक्त अण्डरपास निर्माण सम्पन्न भएपछि पूर्वी नाकाबाट काठमाडौँ प्रवेश गर्ने सवारीको चाप व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ ।

07-Suryabinayak-Dhulikhel Road_DSC02319

यद्यपि निर्माणको गति भने अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि, वर्षायाममा काम प्रभावित हुनु, विद्युत् पोल तथा खानेपानी पाइप सार्ने कार्यमा ढिलाइ हुनुजस्ता कारणले आयोजना पटक–पटक प्रभावित हुँदै आएको छ । आयोजनाले सुरुआती सम्झौताअनुसार ३६ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर निर्धारित समयभित्र काम पूरा हुने सम्भावना न्यून देखिएको छ ।

हाल सूर्यविनायक, जगाती, ठिमी, नलिञ्चोक, साँगा र बनेपा आसपासका क्षेत्रमा सडक विस्तारको काम सँगसँगै कालोपत्रे, ढल तथा सर्भिस लेन निर्माण भइरहेको छ । केही स्थानमा कालोपत्रे सम्पन्न भइसकेकाले सडक चिटिक्क देखिन थालेको छ भने धेरै स्थानमा सडक भत्काएर छाडिएका कारण यात्रुले सास्ती खेपिरहेका छन् । धूलोका कारण स्थानीय बासिन्दामा स्वास्थ्य समस्या बढेको गुनासो समेत आउने गरेको छ । वर्षा हुँदा हिलो र घाम लाग्दा धूलोको समस्या चरम हुने गरेको स्थानीय बताउँछन् ।

01-Suryabinayak-Dhulikhel Road_0127_D

सडक विस्तार सम्पन्न भएपछि काठमाडौँ उपत्यका र पूर्वी नेपालबिचको यातायात सहज हुने विश्वास गरिएको छ । दैनिक हजारौँ सवारी साधन गुड्ने यो सडक खण्ड व्यापार, पर्यटन तथा पूर्वी जिल्लासँगको सम्पर्कका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । विस्तारपछि सवारी चाप कम हुनुका साथै यात्रा समय छोटिने अपेक्षा गरिएको छ ।

02-Suryabinayak-Dhulikhel Road_0131_D

हाल आयोजनाले आगामी महिनाभित्र थप केही खण्डमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ । तर निर्माणको सुस्त गति, ट्राफिक व्यवस्थापनको चुनौती र बजेट व्यवस्थापनका कारण सर्वसाधारणले अझै केही समय सास्ती खेप्नुपर्ने अवस्था देखिएको छ ।  तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

03-Suryabinayak-Dhulikhel Road0135_D04-Suryabinayak-Dhulikhel Road_0139_D05-Suryabinayak-Dhulikhel Road_0141_D06-Suryabinayak-Dhulikhel Road_0144_D08-Suryabinayak-Dhulikhel Road_0153_D09-Suryabinayak-Dhulikhel Road_0157_D10-Suryabinayak-Dhulikhel Road_0162_D11-Suryabinayak-Dhulikhel Road (1)12-Suryabinayak-Dhulikhel Road13-Suryabinayak-Dhulikhel Road_DSC0243414-Suryabinayak-Dhulikhel Road_0168_D15-Suryabinayak-Dhulikhel Road_0174_D16-Suryabinayak-Dhulikhel Road_0182_D17-Suryabinayak-Dhulikhel Road_0183_D copy18-Suryabinayak-Dhulikhel Road_DSC02443

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप