नेपालमा सी जिनपिङको ग्लोबल साउथ र चिनियाँ शासन प्रणालीबारे चर्चा
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौंमा विचार मन्थन भएको छ ।
- कार्यक्रममा राष्ट्रपति सी को विश्वव्यापी शासन पद्वती र पहल, यसको प्रभाव र भर्खरै वदलिएको विश्व शक्ति संतुलन वारेमा वक्ताहरुले धारणा राखेका थिए ।
- यो अवधारणाले चीन सधैं ग्लोबल साउथका देशहरूसँग विकास, पूर्वाधार, प्रविधि र गरिबी न्यूनीकरणमा सहकार्य गर्न तयार रहेको जनाउँछ ।
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको ग्लोबल साउथ सम्बन्धि नयाँ अवधारणा र चीनको शासन पद्धतिबारे काठमाडौंमा विचार मन्थन भएको छ । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले धारणा राखेका थिए ।
कार्यक्रममा राष्ट्रपति सी को विश्वव्यापी शासन पद्वती र पहल, यसको प्रभाव र भर्खरै वदलिएको विश्व शक्ति संतुलन वारेमा वक्ताहरुले धारणा राखेका थिए ।
क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, क्लाउडकी कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, भुटानका पूर्व मन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता. डा. बेलाल होसिन, भारतकि विदेश मामिला विज्ञ एवम प्राध्यापक डा. रेणु रानाले धारणाले राखेका थिए ।
राष्ट्रपति सी ले 'ग्लोबल साउथ' (विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूह) लाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्ति भनेर वर्णन गर्दै आएका छन्।
लोबल बल साउथ विश्व शान्ति कायम गर्ने, साझा विकास अगाडि बढाउने र अन्तर्राष्ट्रिय व्यवस्थामा सुधार ल्याउने महत्वपूर्ण शक्ति हो।
विकासशील देशहरूले आफ्नै आवाज बलियो बनाउनुपर्छ र विश्व शासन प्रणालीमा समान अधिकार पाउनुपर्छ भन्ने कुरालाई यसले जोड दिएको छ।
कुनै पनि देशलाई विकासको अधिकारबाट वञ्चित गरिनु हुँदैन, सबै राष्ट्रले समान अवसर पाउनुपर्छ भन्ने धारणा छ ।
यो अवधारणाले चीन सधैं ग्लोबल साउथका देशहरूसँग एकताबद्ध भएर विकास, पूर्वाधार, प्रविधि र गरिबी न्यूनीकरणमा सहकार्य गर्न तयार रहेको जनाउँछ। यस्तै, बहुध्रुवीय विश्व (Multipolar World) र न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था निर्माणमा ग्लोबल साउथको भूमिका निर्णायक हुने मानिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण