अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारतमा
नयाँ दिल्ली । अमेरिकी विदेशमन्त्री मार्को रुबियो शनिबार पहिलो पटक भारत भ्रमणमा आएका छन् । चीनसँग भएको शिखर सम्मेलनको एक हप्तापछि उनी भारत आएका हुन् ।
रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण सुरु गरेका छन् । जहाँ उनले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
यो कार्यक्रम पछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ । रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरूको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।
यसैबिच चीनले भने लामो समय देखि क्वाड माथि शङ्का गर्दै आएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमण गरेका थिए, जहाँ उनले केहि घोषणा तथा सम्झौताहरु गरेका थिए भने राष्ट्रपति सी जिनपिङबाट प्राप्त स्वागतको प्रशंसा गरेका थिए ।
भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरूसँगको साक्षातकारमा यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताएका छन्। रूबियोसँग उनकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छ भने उनीहरुले भारतको आगरामा स्थित प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण