मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युक्रेनी ड्रोन आक्रमणले रूसी तेल डिपोमा आगलागी

शनिबार, ०९ जेठ २०८३, १२ : ४३
शनिबार, ०९ जेठ २०८३

मस्काे । युक्रेनी ड्रोन आक्रमण पछि दक्षिणी रूसी बन्दरगाहस्थित नोवोरोसिस्कको तेल डिपोमा आगलागी भएको उक्त सहरका मेयरले शनिबार बताएका छन् । युएभी (मानव रहित हवाई ड्रोन) को भग्नावशेष तेल डिपोमा खस्दा आगलागी भएको उनले जनाएका छन् ।

उनका अनुसार आक्रमणका कारण विभिन्न प्राविधिक तथा प्रशासनिक भवनहरूमा आगलागी भएको थियो भने ड्रोनका टुक्राहरू इन्धन टर्मिनल वरपर पनि खसेका थिए । मेयर आन्द्रे क्राभ्चेन्कोले आक्रमणमा दुई जना घाइते भएको पनि टेलिग्राम मार्फत जनाएका छन् ।

नोभोरोसिस्कले रूसको कच्चा तेल ढुवानीको ठुलो भाग ओगट्छ भने कालो सागरमा रूसको सबै भन्दा ठूलो निर्यात केन्द्र हो । रुसको रक्षा मन्त्रालयले आफ्नो हवाई सुरक्षाले युक्रेनबाट रातारात प्रहार भएका ३४८ वटा ड्रोनहरू रोकेको बताएको छ ।

सन् २०२२ मा रूसले युत्रेनमा आक्रमण गरे देखि युक्रेनले प्रतिक्रया स्वरुप रूसी भूभाग–भित्र नियमित रूपमा आक्रमण गर्दै आएको छ । किएभले रूसको तेल राजस्व घटाउनका लागि ऊर्जा सुविधाहरूलाई लक्षित गरी बारम्बार लामो दूरीका आक्रमणहरु गरिरहेको बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप