फिल्म ‘फियोर्ड’ बन्यो कान्समा सर्वोत्कृष्ट
सारांश
- क्रिस्चियन मुङजिउद्वारा निर्देशित चलचित्र ‘फियोर्ड’ ले कान्स फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।
- यो चलचित्र नर्वे बसाइँ सर्ने धार्मिक परिवारबिच उत्पन्न हुने मूल्य–मान्यताको टकराव र बाल सेवा निकायले बच्चाहरू खोसेर लगेको घटनामा आधारित छ ।
- नेपालबाट गएको अविनास विक्रम शाहको सिनेमा ‘इलिफेन्ट्स इन द फग’ ले ‘जुरी प्राइज’ जितेको छ ।
काठमाडौँ । रोमानियाली निर्देशक क्रिस्चियन मुङजिउद्वारा निर्देशित नर्वेमा बस्ने एक इसाई परिवारको कथामा आधारित विचारोत्तेजक चलचित्र ‘फियोर्ड’ ले कान्स फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार जितेको छ ।
शनिबार सम्पन्न फिल्मकर्मीरूले भरिएको समापन समारोहमा मुङजिउले आफ्नो दोस्रो पाल्मे डि’ओर पुरस्कार जितेमा हुन् । सेबास्टियन स्टान र रेनाते रेइनस्भ अभिनित उक्त फिल्म रोमानियाबाट नर्वेको एउटा गाउँमा सर्ने धार्मिक परिवारबिच उत्पन्न हुने मूल्य–मान्यताको टकरावमा केन्द्रित छ ।
फिल्मले नर्वे बसाइँ सर्ने इभान्जेलिकल इसाईहरूको कथा प्रस्तुत गर्छ, जसका बच्चाहरूलाई उनीहरूले पिटेको आरोपमा बाल सेवा निकायले खोसेर लैजान्छ । मुङजिउले यसलाई ‘वामपन्थी कट्टरवाद’ को कथा बताएका छन् ।
यो चलचित्र वास्तविक घटनामा आधारित छ । फिल्ममा देखाइएका नर्वेलीहरूको कथित प्रगतिशील मूल्य र त्यहाँको बाल कल्याण प्रणालीमाथि प्रश्न उठाइएको पक्ष विशेष रूपमा उल्लेखनीय छ ।
‘यो सहिष्णुता, समावेशिता र सहानुभूतिको सन्देश हो । यी हामी सबैले सम्मान गर्ने सुन्दर मूल्यहरू हुन्, तर हामीले तिनलाई अझ धेरै व्यवहारमा उतार्न आवश्यक छ,’ मुङजिउले दर्शकलाई सम्बोधन गर्दै भने ।
मुङजिउ दुई पटक पाल्मे डि’ओर जित्ने केवल दशौँ फिल्म निर्देशक बनेका छन् । उनको रोमानियाली गर्भपतनसम्बन्धी सिनेमा ‘फोर मन्थ्स, थ्रि विक्स एन्ड टु डेज’ ले सन् २००७ मा यो पुरस्कार जितेको थियो ।
रुसी निर्देशक आन्द्रे जिभ्यागिन्त्सेभको युद्धमा आधारित फिल्म ‘मिनोटौर’ले दोस्रो ठूलो पुरस्कार ‘ग्राँ प्री’ उचालेको छ । उक्त फिल्ममा रूसको युक्रेन आक्रमणमा फसेका निर्दयी व्यवसायीको कथा चित्रण गरिएको छ ।
हाल फ्रान्समा निर्वासन जीवन बिताइरहेका जिभ्यागिन्त्सेभले रुसी नेता भ्लादिमिर पुटिन लाई लक्षित गर्दै भने, ‘यो रक्तपात अन्त्य गरियोस्, सम्पूर्ण संसार त्यसको प्रतीक्षामा छ ।’
त्यसो त कान्समा नेपालबाट गएको अविनास विक्रम शाहको सिनेमा ‘इलिफेन्ट्स इन द फग’ले दोस्रो महत्त्वपूर्ण विधा अन्तर्गत ‘जुरी प्राइज’ जितेको छ । हात्तीको आक्रमणबाट पीडित बस्तीमा बस्दै आएको एक परिवारको कथा समेट्ने यस सिनेमाले यौनिक तथा अल्पसंख्यक समुदायको पनि प्रतिनिधित्व गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
-
सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण