मोडलिङमा रोल्पाकी अस्मिता, गीत 'रानीफूलैमा'बाट इन्ट्री
सारांश
- रोल्पाकी अस्मिता बुढा मगरले 'रानीफूलैमा' नामक म्युजिक भिडियोबाट नेपाली मोडलिङ क्षेत्रमा पाइला टेकेकी छिन्।
- रोल्पामा जन्मिएकी अस्मिताले मोडलिङमा भविष्य बनाउने सपना बोकेर काठमाडौं आएकी हुन् र 'रानीफूलैमा'बाट पहिलो अवसर पाएकी छिन्।
- सार्वजनिक भएको एक दिनमै १ लाख ३९ हजारभन्दा बढी भ्युज पाएको गीतले अस्मितालाई कला क्षेत्रमा थप मेहनत गर्न प्रेरित गरेको छ।
काठमाडौँ । नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको इन्ट्री भएको छ। हालै सार्वजनिक भएको म्युजिक भिडियो 'रानीफूलैमा' बाट उनको मोडलिङमा प्रवेश भएको हो ।
रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएको बताइन् ।
'पहिलो पटक मोडलिङ गरेको गीतलाई नै दर्शक र श्रोताहरूले यति धेरै मन पराइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ,' अस्मिता भन्छिन्, 'यस सफलताले मलाई कला क्षेत्रमा अझै मेहनत गर्ने प्रेरणा दिएको छ।'
सार्वजनिक भएको एक दिनमै गीतले १ लाख ३९ हजार भन्दा बढी भ्युज बटुलिसकेको छ । दीपक घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा निता थापा मगर, कमल घर्ती मगर, सुनिता थापा र दीपककै स्वर रहेको छ ।
सिद्धार्थ आले मगर र कमल घर्ती मगरको लिरिक्स रहेको गीतमा कमल घर्ती मगरकै संगीत रहेको छ । गीतमा अस्तिमा बाहेक अजय पुन मगर, दीपक घर्ती मगर र पुष्पा सेन्चुरीको समेत अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण