नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तक्रियामा उनले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताए ।
विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भने, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।”
फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गर्नुभएको योगदान अतुलनीय भएको बताए । व्यक्तिगत स्वार्थको पछि नलागी सिंहले गरेकाे त्याग र समर्पण भावी पुस्ताका लागि पनि प्रेरक भएको उनको भनाइ छ ।
बुद्धछिरिङ मोक्तान र आनन्दराज मुल्मीले लौहपुरुष गणेशमान सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको अतुलनीय योगदानका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका राजनीतिक, सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको फाउन्डेसनका गण्डकी प्रदेशका सदस्य कुमार रानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण