मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

मङ्गलबार, १२ जेठ २०८३, ०५ : ०९
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ।
  • बैठकमा पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
  • राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ र प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफल हुनेछ।

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११ः०० बजे बस्दै छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको ।

संसद् सचिवालयका अनुसार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप