भलिबल खेलाडी पुनम चन्दलाई सम्पर्कमा आउन प्रहरीको निर्देशन
सारांश
- राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पत्रको आधारमा प्रहरी प्रधान कार्यालयले राष्ट्रिय भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
- प्रहरी जवान चन्द २०८२ चैत १५ देखि कार्यालयमा गैरहाजिर छिन् र अस्ट्रेलियाको सिड्नी क्लबबाट खेलिरहेकी छन् ।
- प्रहरी प्रधान कार्यालयले जेठ ११ मा सूचना जारी गरेर गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
काठमाडौँ । राष्ट्रिय भलिबल खेलाडी पुनम चन्दलाई सम्पर्कमा आउने प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पत्रको आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन् निर्देशन दिएको हो ।
प्रहरी जवान चन्द २०८२ चैत १५ देखि कार्यालयमा गैरहाजिर छिन् । राष्ट्रिय भलिबल टिमकी सदस्यसमेत रहकी चन्द अस्ट्रेलिया गएको उनका सहकर्मीहरू बताउँछन् । अहिले उनी अस्ट्रेलिया स्थित सिड्नी क्लबबाट खेलिरहेकी छन् ।
प्रहरी प्रधान कार्यालयले जेठ ११ मा सूचना जारी गरेर पुनम लगायत गैरहाजिर रहेको प्रहरी कर्मचारीहरूलाई गैर हाजिर रहनुको कारण खुलाई सन्तोषजनक स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी नियमावली २०७१ अनुसार चन्द लगायत गैर हाजिर भएकाहरू प्रहरी कर्मचारीहरूको ठेगानामा यसअघि नै सूचना टाँस गरिएको थियो । हाल नेपाली महिला टोलीले घरेलु कोर्टमा काभा महिला भलिबल खेलिरहेको छ । तर, पुनम कोर्टमा उपस्थित छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण