शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

१०-१५ दिनमा रोपाइँ सुरु हुँदैछ, पर्याप्त मलको व्यवस्था गरियोस् : सांसद सिंह

मङ्गलबार, १२ जेठ २०८३, १२ : ४३
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले रोपाइँको सिजन सुरु हुन लागेकाले तत्काल मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
  • उनले उखु किसानले चिनी मिल र सरकारबाट अनुदान रकम पाउन ढिलाइ भएको भन्दै भुक्तानीको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
  • सांसद सिंहले बागमती नदीको कटानबाट पीडित नागरिकलाई राहत दिन र नदी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि सरकारलाई आग्रह गरेका छन्।

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रोपाइँ सुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताएका हुन्। 

सरकारले हालसम्म पनि किसानलाई मल उपलब्ध नगराएको उल्लेख गर्दै उनले असन्तुष्टि समेत व्यक्त गरे। सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराएका छन्। 

बैठकमा बोल्दै उनले भने, ‘उखु किसानले अहिलेसम्म चिनी मिलबाट पैसा पाउन सकेका छैनन्। सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन्। यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस् र सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस्। दोस्रो कुरा म सरकारसँग आग्रह गर्न चाहन्छु कि अब रोपाइँको सिजन सुरु हुने बेला छ। पर्याप्त मलको व्यवस्था सरकारले गरोस्। किनकि अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन। अब १०-१५ दिनपछि रोपाइँको सिजन सुरु हुन्छ। तेस्रो, बागमतीको कटानको उचित व्यवस्थापन गरियोस्।’

सांसद सिंहले बागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने र नदी नियन्त्रण गर्ने काममा पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप