१८ महिनामा ६७५ विदेशी नागरिक निष्कासनमा परे
सारांश
- अध्यागमन विभागले विगत १८ महिनाको अवधिमा ६७५ विदेशी नागरिकलाई निष्कासन गरेको छ।
- विभागका अनुसार सन् २०२५ मा ५२३ र सन् २०२६ को मे २५ सम्म १५२ जना विदेशी नागरिकलाई निष्कासन गरिएको थियो।
- अध्यागमन सुधारका काम १८ कार्यालयमार्फत भइरहेको छ र यसले राष्ट्रिय सुरक्षा सुदृढ पार्ने तथा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
काठमाडौँ । अध्यागमन विभागले झण्डै १८ महिनाको अवधिमा अवधिमा ६७५ विदेशी नागरिक निष्कासनमा परेको जनाएको छ।
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवाला निकायसँग मंगलबार एक दिने अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा विभागले यसबारे जानकारी गराएको हो ।
विभागका अनुसार सन् २०२५ मा अवैध रूपमा काम गर्ने ५२३ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो। यस्तै सन् २०२६ को मे २५ सम्म १५२ जना विदेशी नागरिक निष्कासनमा परिसकेका छन्। विभागका अनुसार हाल देशका १८ कार्यालयमार्फत अध्यागमन सुधारका काम भइरहेको छ।
अध्यागमन नियमन र आवागमन सहजीकरणबिच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षा सुदृढ गर्ने तथा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ।
कार्यक्रममा विभागका अधिकारीले विदेशी नागरिकको स्थानीय दर्ता प्रणालीलाई प्रभावकारी बनाउन प्रणालीको भूमिका महत्त्वपूर्ण हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण