गण्डकी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत
कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममार्फत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको छ ।
आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणमा टेवा पुर्याउने नवप्रर्वतन, प्रविधिमैत्री र स्टार्टअप आयोजना तथा कार्यक्रमलाई विनीयोजन विधेयक, २०८३ मा समेटिएका छन् ।
विधेयकले सीमान्तकृत, लोपोन्मुख र पिछडिएका वर्ग तथा क्षेत्र लक्षित कार्यक्रममार्फत कृषि क्षेत्रको व्यावसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गरी उत्पादन एवम् उत्पादकत्व वृद्धिमा जोड दिइने उल्लेख छ ।
त्यसैगरी, स्थानीय तहसँगको समन्वय र साझेदारीमा ‘एक पालिकाः एक गन्तव्य’ एवम् ‘आदर्श ग्राम’ अवधारणालाई अगाडि बढाउने, ‘उज्यालो गण्डकी प्रदेश’ अभियान सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बुधबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
-
इरानको पानी पम्पिङ केन्द्रमा प्रहार हुँदा एक जनाको मृत्यु, चार जना घाइते
-
एनभीएल : अछामका नृपबहादुर विक काठमाडौँ रेड्सको जिम्मेवारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण