चलचित्र ‘लालीबजार’ विवाद : विपक्षीको नाममा कारण देखाऊ आदेश
बुधबार, १३ जेठ २०८३, १८ : ४१
काठमाडौँ । चलचित्र ‘लालीबजार’ सम्बन्धी दायर नयाँ रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले बुधबार अदालतले अन्तरिम आदेश दिने वा नदिने बारे छलफल गर्न अर्को पेशीमा विपक्षीलाई बोलाएको छ ।
नेपालगञ्जकी बसन्ती नेपाली वादीले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। यसअघि जेठ ५ मा फिल्मको प्रदर्शन रोक्न माग गर्दै रिट दायर भएको थियो।
उक्त रिट उच्च अदालत पाटनले सक्कल कागजात झिकाउन आदेश दिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र
-
फेसबुकमा प्राविधिक समस्या, खाता खोल्दा ‘खाता अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश
-
लगातार आठौँ रात अमेरिकाको इरानमाथि हवाई आक्रमण
-
२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण