२४ घण्टामा विपद्का ५८ घटना, ३ जनाको मृत्यु
सारांश
- साउन २ गते साँझदेखि लगातार भइरहेको वर्षाका कारण देशभर ५८ वटा विपद्का घटना भएका छन् ।
- पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार र १३ जना घाइते भएका छन् ।
- अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण २३ लाख ६६ हजारको आर्थिक नोक्सानी भएको प्रहरीको आकलन छ ।
काठमाडौँ । साउन २ गते साँझदेखि विभिन्न जिल्लामा लगातार वर्षा भइरहेको छ । वर्षाका कारण देशभर ५८ वटा घटना भएका छन् । बाढी र पहिरोको जोखिम रहेको भन्दै जोखिमपूर्ण ठाउँमा स्थानीय प्रशासनले सतर्कता अपनाएको छ ।
पछिल्लो २४ घण्टामा भएका ५८ वटा विपद्का घटनामा परेर ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीका कारण खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ घर भएकी ४३ वर्षीया शान्ता राई र कोपिलासगढी गाउँपालिका–४ घर भएका ७१ वर्षीय पर्शुराम परियारले ज्यान गुमाएका छन् ।
सर्पदंशका कारण दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित डोकथलीमा ५५ वर्षीय भक्तबहादुर थामीको मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए ।
पछिल्लो २४ घण्टाको अवधिमा विपद्मा परेका १ जनाको प्रहरीले उद्धार गरेको छ । १३ जना घाइते भएका छन् । अविरल वर्षा, आगलागी, चट्याङ, बाढी र पहिरोका कारण २३ लाख ६६ हजार आर्थिक नोक्सानी भएको प्रहरीको आकलन छ ।
२०८३ वैशाख १ भन्दापछि विपद्का कारण १६८ जनाको मृत्यु भैसकेको छ । तीन महिनाको अवधिमा ९९४ जना घाइते भएका थिए । २ जना अझै बेपत्ता छन् । देशभर सो अवधिमा ३ हजार ४६३ विपद्का घटना भएका थिए । विपद्को कारण १ हजार १५ वटा चौपायाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई कार्यकाल सकिए, थिति बसेनः अन्तिम वर्ष पनि ९ स्थानीय सरकार बजेटविहीन
-
वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू
-
चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
बागमती नदीमा घट्न थाल्यो पानीको बहाव
-
मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’
-
साउदी अरेबियासँग अर्जेन्टिनाले हारेको खेलकै रेफ्रीले खेलाउँदैछन् फाइनल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण