युद्धका कारण इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया
काठमाडाैँ । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ।
फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ।
प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा बढी घरेलु उडानहरू प्रभावित हुन सक्ने सुझाव दिएको छ।
उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ।
एयर इन्डियाले अवस्था स्थिर भए पछि पुनः उडान नियमित गर्ने योजना सहित यो निर्णय गरेको जनाएको छ।
यस अघि एयर इन्डियाले मे महिनाको सुरुमा नयाँ दिल्ली, मुम्बई र चेन्नई लगायत भारतीय सहरहरूबाट शिकागो, साङ्घाई, माले र सिङ्गापुर जाने उडानहरु जुन र अगस्टको बिचमा स्थगित गरेको घोषणा गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण