मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आईपीएल

फाइनल प्रवेशका लागि राजस्थान र गुजरात भिड्ने, हैदराबादमाथि सानदार जित

बुधबार, १३ जेठ २०८३, २३ : ४३
बुधबार, १३ जेठ २०८३

सारांश

  • राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै आईपीएलको एलिमिनेटर खेलमा शानदार जित दर्ता गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल खडा गरेको थियो ।
  • यस जितसँगै राजस्थानले फाइनल प्रवेशका लागि गुजरातसँग प्रतिस्पर्धा गर्नेछ ।

काठमाडौँ । इन्डियन प्रिमियर लिगको एलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ ।

मुल्लापुरस्थित महाराजा यादविन्द्र सिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको विशाल योगफल खडा गरेको थियो। २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.३ ओभरमा १९६ रनमा समेटिएपछि राजस्थानले जित निश्चित गरेको हो । अब राजस्थानले फाइनल प्रवेशका लागि गुजरातसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । 

राजस्थानको विशाल योगफलमा युवा ब्याट्सम्यान वैभव सूर्यवंशीले अविश्वसनीय र आक्रामक ब्याटिङ गरे । उनले मात्र २९ बलमा १२ छक्का र ५ चौकाको मद्दतले ९७ रनको योगदान दिए। यसै इनिङ्समार्फत वैभवले एकै आईपीएल सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान समेत तोडेका छन् । सन् २०१२ मा गेलले ५९ छक्का प्रहार गरेकोमा सूर्यवंशीले यस सिजनमा आफ्नो छक्काको सङ्ख्या ६५ पुर्‍याएका छन् ।

टोलीको इनिङ्सलाई बलियो बनाउन ध्रुव जुरेलले पनि विष्फोटक ब्याटिङ गर्दै मात्र २० बलमा आफ्नो आईपीएल करियरकै तीव्र अर्धशतक पूरा गरे । ५१ रन बनाएर आउट भएका जुरेलले ५ चौका र ३ छक्का प्रहार गरे । बलिङतर्फ हैदराबादका लागि प्रफुल हिंगे सबैभन्दा सफल रहे, जसले राजस्थानका ३ महत्त्वपूर्ण विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप