जापानी सवारी उद्योगमा पश्चिम एसिया द्वन्द्वको असर
टाेकियाे । टोयोटाको जापानबाट पश्चिम एसियातर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ। जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले बिहीबार जनाएको छ।
कम्पनीका अनुसार अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८लाख ४९ हजार ३०६ सवारीसाधनमा पुगेको छ । यससँगै लगातार तेस्रो महिनासम्म बिक्री घट्ने क्रम जारी रहेको छ। तर, विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८लाख ३१ हजार९७१ युनिट पुगेको छ, जुन अप्रिल महिनाकै लागि रेकर्ड उच्च उत्पादन हो।
विदेशी बजारमा टोयोटाको बिक्री ७.५ प्रतिशतले घटेर ६लाख ९९हजार ३८२ युनिटमा झरेको छ। अमेरिकामा बिक्री ४.६ प्रतिशतले घटेर २लाख २२ हजार ३७८ युनिट पुगेको भने मध्यपूर्वमा बिक्री ३३.७ प्रतिशतले घटेर ३१ हजार ३६० युनिटमा सीमित भएको छ।
यता जापानभित्रको घरेलु बिक्री भने २४.२ प्रतिशतले बढेर १ लाख ४९ हजार ९२४ युनिट पुगेको कम्पनीले जनाएको छ। मार्च अन्त्यमा वातावरणीय प्रदर्शन कर हटाइने घोषणा भएपछि खरिद स्थगित गरेका उपभोक्ताहरू पुनः बजारमा फर्किएपछि बिक्री बढेको बताइएको छ।
उत्पादनतर्फ, टोयोटाको विदेशी उत्पादन ३.८ प्रतिशतले बढेर ५लाख ६७ हजार ५७८ युनिट पुगेको छ भने जापानभित्रको उत्पादन १.७ प्रतिशतले घटेर २ लाख ६४ हजार ३९३ युनिटमा झरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण