गणतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनमा परिवर्तन आउनु हो : मुख्यमन्त्री बानियाँ
सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गणतन्त्रको अर्थ नागरिकको जीवनमा परिवर्तन ल्याउनु भएको बताएका छन् ।
- उनले विगतका गल्ती सुधार्दै नागरिकको अधिकार प्राप्तिमा क्रियाशील हुनुपर्ने र सङ्घीयताको रक्षाका लागि आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए ।
- मुख्यमन्त्री बानियाँले बागमती प्रदेशको आगामी कार्यदिशा जनमुखी, आयमुखी, गरिबमुखी र विकासमुखी हुने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विगतका गल्ती कमजोरी सुधार गर्दै नागरिकको अधिकार प्राप्तिमा क्रियाशील हुनुपर्ने बताए ।
उनका अनुसार सङ्घीयताको रक्षाको चुनौती सम्बोधनमा वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । पछिल्लो समय जनतामा, विशेष गरी युवाहरूमा बढेको असन्तुष्टि र केही उपलब्धि भएको छैन भन्ने गलत भाष्य चिर्नु आवश्यक रहेको उनले बताए । राजनीतिक दल र सरकारको नेतृत्वमा पुगेकाहरूको व्यवहार र शैलीका कारण उत्पन्न वितृष्णालाई बहाना बनाएर सङ्घीयतालाई नै जोखिममा पार्ने खेल भइरहेको उनको भनाइ छ ।
बागमती प्रदेशको आगामी कार्य दिशा जनमुखी,आयमुखी, गरिबमुखी र विकासमुखीु हुने उनले बताए । विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र मानव विकाससँग जोडेर अघि बढाउपर्ने उनले बताए ।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई आफ्नो प्राथमिकतामा राखेको मुख्यमन्त्री बानियाँको भनाइ छ । गरिब, विपन्न, श्रमिक, महिला र सीमान्तकृत समुदायको उत्थानलाई केन्द्रमा राखेर समावेशी विकासको अवधारणा कार्यान्वयन गर्ने दिशामा प्रदेश सरकार दृढ रहेको उनले बताए ।
'लोकतन्त्रको सुन्दरता संवाद र सहभागितामा निहित हुन्छ, त्यसैले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्नुपर्छ' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण