हेटौँडा–नारायणगढ सडक खण्डको स्तरोन्नति गरिने, ३७ अर्ब बजेट विनियाेजन
शुक्रबार, १५ जेठ २०८३, १७ : ०४
मकवानपुर । सरकारले आगामी आर्थिक वर्षमा हेटौँडा नारायणगढ सडक खण्डको स्तरोन्नति कार्य सुरु गर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषण मार्फत हेटौँडा नारायणगढ सडक खण्डको ४ लेन सडक आगामी आर्थिक वर्षदेखि सुरु गर्ने घोषणा गरेका हुन्।
उक्त कार्यका लागि सरकारले ३७ अर्ब बजेट व्यवस्था गर्ने घोषणा गरेको हो।
सरकारले गल्डी स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतिका लागि १ अर्ब बजेट विनियोजन गरेको छ ।
त्यस्तै टोखा छहरे सुरुङ मार्ग, खुर्कोट चियाबारी, मझिमटार शक्तिखोर सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण