मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जितु नेपालको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक

शनिबार, १६ जेठ २०८३, ०८ : २३
शनिबार, १६ जेठ २०८३

सारांश

  • अभिनेता जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक भएको छ ।
  • गाउँबाट शहर आएका एक युवाको कलाकार बन्ने संघर्षलाई ट्रेलरमा भावनात्मक रुपमा पस्किएको छ ।
  • भारतीय बंगाली निर्देशक सुभेन्दु घोष निर्देशित यो फिल्म आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ ।

काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण अभिनय रहेको फिल्म ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रा भावनात्मक रुपमा पस्किएको छ ।

ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन् । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्म  भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका हुन् ।

फिल्ममा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन् । फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा’बाबा’,नीरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् । भारतीय सिनेमाटोग्राफर अरविन्दको छायाङ्कन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै भएको हो ।

‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्दैछ । तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो फिल्म विशेष हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप