अन्य दलको तुलनामा कांग्रेस सबैभन्दा बढी समावेशी : जबरा
सारांश
- नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली कांग्रेस अन्य राजनीतिक दलहरूको तुलनामा सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् ।
- उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई सधैँ उच्च प्राथमिकता दिएको र अन्य राष्ट्रिय दलहरूको तुलनामा कांग्रेसले थारु समुदायका नेताहरूलाई पार्टी र सरकारको नेतृत्वको मुख्य तहमा स्थापित गरेको बताए ।
- उनले बहुदलीय व्यवस्था आउनुअघि नै कांग्रेसले पर्शुनारायण चौधरीलाई महामन्त्री बनाएको, विजयकुमार गच्छदारलाई केन्द्रीय उपाध्यक्ष र उमाकान्त चौधरीलाई सहमहामन्त्री बनाएको उदाहरण पेस गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले अन्य राजनीतिक दलहरूको तुलनामा नेपाली कांग्रेस सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् ।
ललितपुरको सानेपामा आयोजित नेपाल थारु सङ्घको प्रथम महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई सधैँ उच्च प्राथमिकता दिएको बताएका हुन् ।
नेपाल थारु सङ्घलाई कांग्रेसको सबैभन्दा कान्छो भ्रातृ सङ्गठनको रूपमा चिनाउँदै सहमहामन्त्री जबराले छोटो अवधिमै देशका सबै जिल्ला अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरेर केन्द्रीय महाधिवेशनको चरणमा आइपुग्नु गौरवको विषय भएको उल्लेख गरे । वि.सं. २०७९ साल माघ ४ गते अध्यक्षको मनोनयन भएपश्चात विभिन्न प्रतिकूल परिस्थितिहरूका बाबजुद सङ्घले बलियो साङ्गठनिक स्वरूप ग्रहण गरेको र अहिले ऐतिहासिक महाधिवेशनको चरणमा आइपुगेको उनले जानकारी दिए । अन्य राष्ट्रिय दलहरूको तुलनामा कांग्रेसले थारु समुदायका नेताहरूलाई पार्टी र सरकारको नेतृत्वको मुख्य तहमा स्थापित गरेको उनले प्रष्ट पारे ।
आफ्नो भनाइलाई प्रमाणित गर्न विभिन्न ऐतिहासिक उदाहरणहरू पेस गर्दै सहमहामन्त्री जबराले भने, ‘बहुदलीय व्यवस्था आउनुअघि नै कांग्रेसले पर्शुनारायण चौधरीलाई महामन्त्री बनाएको थियो । पार्टीको केन्द्रीय उपाध्यक्षमा विजयकुमार गच्छदार, सहमहामन्त्रीमा उमाकान्त चौधरी र हाल योगेन्द्र चौधरी हुनुहुन्छ । यो समावेशिता एमाले, माओवादी वा रास्वपा जस्ता अन्य दलहरूमा देखिँदैन ।’
उनले कांग्रेसले थारु नेताहरूलाई सधैँ विश्वास गरेर पार्टीको माथिल्लो ओहोदामा ठाउँ दिएको दाबी गरे । पार्टी नेतृत्वको अतिरिक्त सरकारी तहमा पनि कांग्रेसले थारु समुदायलाई उचित अवसर दिएको उनले बताए ।
विगतमा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा थारु समुदायकै डिल्ली चौधरीलाई नियुक्त गरेर कांग्रेसले समावेशिताको ज्वलन्त उदाहरण पेस गरेको उनले उल्लेख गरे । सहमहामन्त्री जबराले पार्टीभित्र थारु समुदायको जनसङ्ख्याको अनुपात र उनीहरूको लामो समयदेखिको राजनीतिक सक्रियताका आधारमा अझ बढी अधिकार र अवसरहरू प्राप्त गर्नका लागि थारु नेताहरू आफैँ पनि सक्षम हुनुपर्नेमा विशेष जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण