तनहुँमा पर्यटक बसको ठक्करबाट वृद्धको मृत्यु
शनिबार, १६ जेठ २०८३, १६ : ३६
सारांश
- पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट ७८ वर्षीय सम्मरबहादुर रानाभाटको मृत्यु भएको छ ।
- पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको पर्यटक बसले बाटो काट्ने क्रममा पैदलयात्री रानाभाटलाई ठक्कर दिएको थियो ।
- प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान भइरहेको छ ।
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७८ वर्षीय सम्मरबहादुर रानाभाट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा१प ९२७ नम्बरको पर्यटक बसले बाटो काट्ने क्रममा पैदलयात्री रानाभाटलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका रानाभाटलाई उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण