भाडाका सवारी साधनको वार्षिक कर ह्वात्तै बढ्यो, कसको कति ?
सारांश
- सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक आयकरको दरमा उल्लेख्य वृद्धि गरेको छ ।
- सानादेखि ठूला र विद्युतीय सवारीसम्मका करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ ।
- नयाँ दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ ।
काठमाडौँ । सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक आयकरको दरमा उल्लेख्य वृद्धि गरेको छ ।
यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा धनीले बुझाउनुपर्ने वार्षिक करको दरलाई परिमार्जन गर्दै सरकारले सार्वजनिक तथा व्यावसायिक सवारी साधनको लागत बढाएको हो । सानादेखि ठूला र विद्युतीय सवारीसम्मका करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ।
नयाँ दररेट अनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान र माइक्रो बसको कर ५ हजार ५ सयबाट बढेर ६ हजार ५ सय रुपैयाँ पुगेको छ ।
त्यसैगरी, १३०१ देखि २००० सीसीसम्मका लागि ७ हजार, २००१ देखि २९०० सीसीसम्मका लागि ७ हजार ५ सय, २९०१ देखि ४००० सीसीसम्मका लागि ९ हजार ५ सय र ४००० सीसीभन्दा माथिका यस्ता सवारी साधनका लागि ११ हजार रुपैयाँ वार्षिक कर निर्धारण गरिएको छ। यसअघि यी सवारीको कर क्रमशः ६ हजार, ६ हजार ५ सय, ८ हजार र ९ हजार रुपैयाँ मात्र रहेको थियो।
मध्यम र ठूला मालबाहक तथा सार्वजनिक सवारीको करमा पनि ठूलो वृद्धि गरिएको छ । मिनी ट्रक, मिनी बस र पानी ट्याङ्करको कर ८ हजारबाट बढाएर ९ हजार ५ सय पुर्याइएको छ भने मिनी टिप्परको कर ९ हजारबाट बढाएर ११ हजार कायम गरिएको छ ।
ठूला ट्रक र बसले अब १० हजार ५ सयको सट्टा १२ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यस्तै, डोजर, एक्साभेटर, लोडर, रोलर, क्रेन जस्ता हेभी मेसिनरी उपकरण र तेल ट्याङ्कर, ग्यास बुलेट तथा टिप्परको कर साविकको १५ हजार ५ सयबाट बढेर १७ हजार ५ सय रुपैयाँ पुगेको छ।
साना र कृषि क्षेत्रमा प्रयोग हुने सवारी साधनको करमा पनि १ हजार रुपैयाँको वृद्धि भएको छ । ट्रयाक्टर, अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको कर २ हजार ५ सयबाट बढेर ३ हजार ५ सय पुगेको छ भने पावर टिलरको कर २ हजारबाट बढेर ३ हजार रुपैयाँ पुगेको छ ।
विद्युतीय सवारी साधनतर्फ ५० किलोवाटसम्मको ४ हजार, ५० देखि १२५ किलोवाटसम्मको ५ हजार, १२५ देखि २०० किलोवाटसम्मको ७ हजार ५ सय र २०० किलोवाटभन्दा माथिको ९ हजार ५ सय रुपैयाँ कर निर्धारण गरिएको छ ।
विद्युतीय ई रिक्साका लागि ३ हजार ५ सय र भाडाका दुई पाङ्ग्रे सवारी साधनका लागि ३ हजार रुपैयाँ नयाँ कर तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण