शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
एसियन गेम्स पुरुष क्रिकेट

चीनविरुद्ध कुशल भुर्तेलको शतक, एकै ओभरमा ६ छक्का

आइतबार, १७ जेठ २०८३, ०८ : ४१
आइतबार, १७ जेठ २०८३

सारांश

  • नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।
  • भुर्तेलले नवौँ ओभरमा एकै ओभरमा ६ छक्का प्रहार गरे, जुन विश्वकै छैटौँ कीर्तिमान हो ।
  • उनले ३५ बलमा १२ छक्का र चार चौकाको मद्दतले शतक पूरा गरे, जुन टी-२० अन्तर्राष्ट्रियमा उनको दोस्रो शतक हो ।

काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । सो क्रममा उनले एकै ओभरमा ६ छक्का प्रहार गरे ।

भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।

यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

ऐरीले सन् २०२४ को  एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औँ ओभरमा ६ छक्का प्रहार गरेका थिए । 

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३५ बलमा १२ छक्का र चार चौकाको मद्दतले शतक पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रियमा कुशलको दोस्रो शतक हो ।

याे पनि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप