चीनविरुद्ध कुशल भुर्तेलले प्रहार गरे एकै ओभरमा ६ छक्का
आइतबार, १७ जेठ २०८३, ०८ : १९
सारांश
- नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।
- एसियन गेम्स छनोटअन्तर्गत भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
- उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।
काठमाडौँ । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।
एसियन गेम्स छनोटअन्तर्गत भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौँ खेलाडी समेत हुन् ।
यसअघि हर्षल गिब्स, युवराज सिंह, जसकरन मलहोत्रा, कायरन पोलार्ड र नेपालकै दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औँ ओभरमा ६ छक्का प्रहार गरेका थिए । नेपाल र चीनबिच प्रतिस्पर्धा जारी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण