प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, माफी माग्न माग
सारांश
- १० विद्यार्थी सङ्गठनले प्रधानमन्त्री बालेन शाहले नेपालको सीमाबारे संसद्मा दिएको अभिव्यक्तिप्रति विरोध जनाएका छन्।
- विद्यार्थी सङ्गठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्तिजनक, गैरजिम्मेवार र राष्ट्रहित विपरीत भन्दै तत्काल फिर्ता लिएर माफी माग्न माग गरेका छन्।
- माग पूरा नभए देशभरका विद्यार्थी, युवा र नागरिकले सशक्त प्रतिरोध गर्ने चेतावनी दिइएको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनले संयुक्त रूपमा विरोध जनाएका छन् ।
आज प्रधानमन्त्री शाहले संसद्मा नेपालले पनि भारतकाे सीमा मिचेकाे अभिव्यक्ति दिएका थिए।
जारी संयुक्त प्रेस वक्तव्यमा विद्यार्थी सङ्गठनहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई “आपत्तिजनक, गैरजिम्मेवार, आत्मसमर्पणवादी तथा राष्ट्रहित विपरीत” भएको आरोप लगाउँदै घोर भर्त्सना गरेका छन् ।
वक्तव्यमा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतालाई कमजोर बनाउने खालको अभिव्यक्ति आएको भन्दै गम्भीर आपत्ति जनाइएको छ ।
विद्यार्थी सङ्गठनहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भारत भ्रमणअघि प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्तिलाई सामान्य भूल नभई राष्ट्रहित विपरीत राजनीतिक सोचको अभिव्यक्तिका रूपमा आफूहरूले बुझेको उल्लेख गरेका छन् ।
उनीहरूले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष सार्वजनिक रूपमा माफी माग्न तथा धारणा सच्याउन आग्रह गरेका छन् ।
माग सम्बोधन नभए राष्ट्रहित र राष्ट्रिय स्वाधीनताविरुद्धका यस्ता प्रवृत्तिका विरुद्ध देशभरका विद्यार्थी, युवा तथा देशभक्त नागरिकले सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत वक्तव्यमा दिइएको छ ।
संयुक्त वक्तव्यमा सहभागी १० विद्यार्थी सङ्गठनले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण