बागमती टी–२० क्रिकेट : चितवनसँग ५४ रनले हार्याे मकवानपुर
मकवानपुर । बागमती प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा चितवनले ५४ रनको जित निकालेको छ । हेटौँडाको गौरिटार क्रिकेट मैदानमा आइतबार भएकाे उद्घाटन खेलमा मकवानपुर ५४ रनले चितवनसँग पराजित भएको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट सङ्घको संयुक्त आयोजनामा हेटौँडा ६ स्थित गौरिटार क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको प्रतियोगितामा घरेलु टोली मकवानपुरलाई ५४ रनले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । टस जितेर पहिले ब्याटिङको गरेको चितवनले निर्धारित ८ ओभरको खेलमा ४ विकेटको क्षतिमा १०६ रन बनाएको थियो ।
चितवनको जितका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ४४ र प्रशन्न न्यौपानेले २४ रन बनाए । यस्तै पवन बहादुर थापाले २० र गौतम केसीले १० रनको योगदान दिए । मकवानपुरका साकार गजुरेल, समिर चौलागाईँ, विशाल फुयाँल र शुभ कंशाकारले समान एक एक विकेट लिए ।
१०७ रनको लक्ष्य पछ्याउने क्रममा मकवानपुरले ५२ रन मात्रै बनाउन सक्यो । निकै फितलो खेल प्रदर्शन गरेको मकवानपुरका लागि गोकुल अधिकारी र युविन बुढाथोकीले बाहेक अरू खेलाडीले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । अधिकारीले १७ र बुढाथोकीले १३ रन बनाए पनि अन्य खेलाडीले प्रदर्शन कमजोर रह्यो ।
चितवनका लागि नकआउट ४४ रन बनाएर ३ विकेट लिएका प्रतीक श्रेष्ठ म्यान अफ दी म्याच भए । उनले नगद २ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे । लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेट सङ्घ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौँको सहभागिता रहेको छ । प्रतियोगिता जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण