नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट
सारांश
- नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँले सामान्य गिरावट आएको छ ।
- आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
- चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ, प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यस्तै चाँदीको मूल्य केही वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ५४५ रुपैयाँ कायम गरिएको छ।
सुनको मूल्य ओरालो लागे पनि चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ५ हजार ३५५ रुपैयाँ पुगेको छ। हिजो जेठ १७ गते चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो। महासंघले आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५९१ रुपैयाँ तोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण