दाङको तुलसीपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु
सारांश
- दाङको तुलसीपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा बाबु–छोराको मृत्यु भएको छ।
- दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय मनोजकुमार नेपाली र उनका ५ वर्षीय छोरा मिरान्त नेपालीको मृत्यु भएको छ।
- दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ गुल्म चोकमा टिपर र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बाबु–छोराको मृत्यु भएको छ।
रा.४ प.३३९० नम्बरको मोटरसाइकल र रा.१ ख.२१९२ नम्बरको टिपर एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै लमही नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोजकुमार नेपाली र उनका ५ वर्षीय छोरा मिरान्त नेपाली रहेका छन्। टिपरको ठक्करबाट गम्भीर घाइते भएका बाबु–छोराको उपचारका क्रममा मृत्यु भएको हो।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३४ वर्षीया अनुषा परियार सामान्य घाइते भएकी थिइन्। उनको स्थानीय अस्पतालमा उपचार गरिएको र अवस्था सामान्य रहेकाले उपचारपश्चात् अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक दाङको शान्तिनगर गाउँपालिका–३ बस्ने ३९ वर्षीय शेरबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण