बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
लिखत सम्बन्धी कसुर

वीरगन्जका मेयर सिंहलाई प्रहरीले गरायो अदालतमा हाजिर, केहीबेरमा थुनछेक बहस

मङ्गलबार, १९ जेठ २०८३, १० : ०८
मङ्गलबार, १९ जेठ २०८३

सारांश

  • पर्सा प्रहरीले लिखतसम्बन्धी कसुरमा वीरगन्जका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ ।
  • मेयर सिंहको बयान लिएपछि थुनछेक बहस सुरु हुनेछ र अदालतको आदेश अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
  • मेयर सिंहमाथि अरूको छोरीलाई आफ्नो छोरी बनाई नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप छ ।

वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको छ । 

केहीबेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले जनाए । 

उनका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ, अब कानुनी प्रक्रिया सुरु हुनेछ । 'बयान लिएपछि थुनछेक बहस सुरु हुनेछ', उनले भने । त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । 

मंगलबार बिहान पर्सा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंहविरूद्ध गएको १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जनाए ।  अरूको छोरीलाई आफ्नो छोरी बनाइ नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप