सोलुखुम्बुको जङ्गलमा बाटो भुलेर हराएका २१ वर्षीय जर्मन नागरिकको सकुशल उद्धार
सारांश
- सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको जङ्गल र भिरमा बाटो भुलेर हराएका २१ वर्षीय जर्मन नागरिक एलियास वेन्डशूहलाई प्रहरीले सकुशल उद्धार गरेको छ।
- जेठ १७ गते बिहान पिके पिक घुमेर जिरीका लागि हिँडेका वेन्डशूह बाटो भुलेर ठूलो भिर र जङ्गलको इलाकामा अलपत्र परेका थिए।
- जेठ १८ गते प्रहरी, जनप्रतिनिधि र स्थानीयको निरन्तरको प्रयासपछि टाङ्बुचे जङ्गलमा फेला परेका वेन्डशूहलाई सकुशल उद्धार गरी प्रहरी चौकी किन्जा तर्फ ल्याउने कार्य भइरहेको छ।
सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित जङ्गल र भिरको बाटोमा हराएका एक विदेशी नागरिकलाई प्रहरीले सकुशल फेला पारेर उद्धार गरेको छ।
पिके पिक घुमेर जिरीका लागि पैदल हिँडेका जर्मनीका २१ वर्षीय नागरिक एलियास वेन्डशूह बाटो भुलेर जङ्गलमा बेपत्ता भएका थिए। उनी जेठ १७ गते बिहान करिब ९ बजेको समयमा लिखुपिके गाउँपालिका वडा नं. ५ किन्जा क्षेत्रमा पर्ने ठूलो भिर र जङ्गलको इलाकामा अलपत्र परेका थिए।
बाटो भुलेर जङ्गलमा फसेपछि ती विदेशी नागरिकले जेठ १८ गते बिहान ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ह्व्याट्सएपमार्फत आफू हराएको जानकारी गराएका थिए। विदेशी पर्यटक हराएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, अस्थायी प्रहरी चौकी गोली, प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कबाट तत्काल विशेष प्रहरी टोलीहरू परिचालन गरिएका थिए। प्रहरी टोलीसँगै स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरू पनि खोजतलासमा खटिएका थिए।
प्रहरी, जनप्रतिनिधि र स्थानीयको निरन्तरको प्रयासपछि हराइरहेका ती जर्मन नागरिकलाई जेठ १८ गते दिउँसो २ बजेको समयमा लिखुपिके गाउँपालिका वडा नम्बर १ स्थित टाङ्बुचे जङ्गलमा फेला पारिएको हो। सोलुखुम्बु प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईका अनुसार फेला पारिएका विदेशी नागरिकलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा प्रहरी चौकी किन्जा तर्फ ल्याउने कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण