संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लङ्घन भएको जनाएको छ।
कार्यलयले निरन्तरको द्वन्द्वले बालबालिकाको बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ।
लामो समय सम्म चलिरहेको नाकाबन्दीले गाजा बासीलाई पर्याप्त आश्रय, औषधि, र खाद्यान्न आपूर्ति लगायतका आधारभूत आवश्यकताबाट वञ्चित गरेको जनाइएको छ भने सैन्य अपरेसनको समयमा अन्तर्राष्ट्रिय कानूनको उल्लङघन भएको विज्ञप्ति मार्फत चेतावनी दिएको छ।
इजरायली अपरेसन र पश्चिमतर्फ सैन्य विस्तारको निरन्तरताको बिचमा गाजाको अधिकांश जनसङ्ख्याले विस्थापनको समस्यासँग जुधिरहनु पर्ने अवस्थाको सामना गरिरहेको जनाइएको छ।
पछिल्लो समयमा निरन्तर जारी गरिएका नयाँ विस्थापन आदेशहरूले गाजा बासिन्दालाई आफ्नो आश्रय स्थान छोड्न बाध्य पारेको र यी घटनाले परिवारलाई थप विस्थापन तथा सीमित क्षेत्रहरूमा धकेल्न बाध्य पारेको छ कार्यालयले जनाएको छ।
दीर्घकालीन विस्थापनको समस्यामा बाँचिरहेका गाजानहरु विरुद्ध निरन्तर जारी सैन्य आक्रमण र स्वास्थ्य, शिक्षा, खाद्य उत्पादन र नागरिक पूर्वाधारको विनाशका कारण गाजामा युद्ध अपराधको आयोग बारे चिन्ता बढेको अधिकृत प्यालेस्टिनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारका प्रमुख अजित सुङ्घेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण