एक सरकारी अधिकृतको विलौनाः यौन हिंसामा जिल्ला र उच्च अदालतले न्याय दिएन
काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलात्कृत भएको र अदालतले प्रमाणको अन्देखा गरी पीडकलाई उन्मुक्ति दिएको आरोप लगाएकी छन् ।
मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा पीडितले आफू विक्षिप्त भएर आत्महत्यासम्मको आवस्थामा पुगेको उनले बताएकी छन् ।
नाम नखुलाएकी उनले बारा जिल्ला कोह्ल्बी नगरपालिका हनुमानगञ्ज स्थायी घर भएका लेखा अधिकृत प्रमोद मैनाली जबरजस्तीकरणीको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ लाख धरौटीमा छुटेको पीडा व्यक्त गरिन् ।
हाल कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा कार्यारत मैनालीले काठमाडौँस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यरत हुँदा २०८१ माघमा आफूलाई बलात्कार गरेको बताइन् । पीडित आफू पनि एउटै विभागको अधिकृतस्तरको कर्मचारी भएको हुँदा कार्यालयको कामले काठमाडौं आएको समयमा मैनालीले जबरजस्तीकरणी गरेको बताएकी छन् ।
उक्त घटनापछि आफू अविवाहित भएको त्यसमाथि पनि मधेसी समुदायबाट आएको घरको जेठो सन्तान भएकाले उक्त घटना लुकाउन खोजेकोसमेत बताइन् ।
बलात्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै उनले भनिन्, 'म स्वयम ठुलो संघर्षबाट सरकारी सेवामा पुगेकाले आफैले घटना दबाउन खोज्दा पीडकबाट थप यौन हिंसाको दबाब र धम्कीले कानुनी उपचार खोज्न बाध्य भएँ ।'
सहनै नसक्ने अवस्थामा पुगेपछि सुरुमा प्रहरीले जाहेरी नलिएको बताउँदै पीडितले भनिन्, '२०८२ वैशाख १४ गते र ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाँदा प्रहरीले जाहेरी लिन निरुत्साहित गर्नुभयो, धेरै पटकपछि जेठ २७ मा मैनालीविरुद्ध जाहेरी दर्ता भयो ।'
जाहेरी दर्तापछि मैनाली पक्राउ परेको र काठमाडौँ जिल्ला अदालतले ५ लाख धरौटीमा छडेपछि, आफू उच्च अदालत पाटनमा जाँदा पनि सो अदालतले पनि सोही निर्णयलाई सदर गरेको भन्दै पीडा व्यक्त गरिन् ।
अभियान्ता शोभा पाठकले आफू पनि यस्तै पीडाबाट गुज्रेकोले धेरै पटक आत्महत्या गर्नबाट जोगाएको बताइन् । पीडितलाई जिल्ला अदालत र उच्च अदालतले प्रमाण अध्ययन नगरी थप पीडा दिएको र अब सर्वोच्च अदालतले न्याय दिनेमा विस्वस्त रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण