सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई संसदीय दलको नेताबाट हटाउन ९ सांसदको विद्रोह
सारांश
- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेपाली कांग्रेसका सांसदहरूले संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता गरेपछि सङ्कटमा परेका छन्।
- नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका १८ मध्ये ९ जना सांसदले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।
- संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउने पक्षमा पार्टीका ९ सांसदले हस्ताक्षर गरेका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलमा रहेका १८ सांसदमध्ये ९ जना सांसदले मुख्यमन्त्री शाहलाई पदबाट हटाउने प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।
संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा मंगलबार बसेको बैठकले शाहलाई दलको नेतामा निरन्तरता दिन नहुने निष्कर्ष निकालेको सांसद दिवानसिंह विष्टले जानकारी दिए ।
हस्ताक्षर गर्ने सांसदहरूमा विष्टसहित पदमबहादुर शाही, गीताकुमारी चौधरी , तुलसी देवकोटा, डम्मरी महरा रहेका छन्। यस्तै बेलबहादुर रानामगर, ललिता सुनार, जुनाकुमारी दानीले पनि हस्ताक्षर गरेका छन्।

‘कांग्रेसका १८ सांसदमध्ये प्रकाशबहादुर देउवा लामो समयदेखि देशबाहिर छन् । नेपालमा रहेका १७ सांसदमध्ये ९ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छौँ,’ विष्टले भने।
उनका अनुसार मुख्यमन्त्री शाहलाई राजीनामा दिन बारम्बार आग्रह गर्दा पनि उनले अस्वीकार गरेपछि बाध्य भएर दलको नेताबाट हटाउने प्रक्रिया सुरु गरिएको हो । उनले अब संसदीय दलमा बहुमत जुटाउन नसकेमा मुख्यमन्त्री पदनै गुमाउनुपर्ने अवस्था आएको छ ।
यो हस्ताक्षर अभियान गत जेठ ८ गतेदेखि नै सुरु भएको बताइएको छ । यता, नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामीले भने यसबारेमा आफूलाई कुनै आधिकारिक जानकारी नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण