गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ३५ जनाको आवेदन
मङ्गलबार, १९ जेठ २०८३, २२ : ४५
सारांश
- गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाले आवेदन दिएका छन् ।
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचना अनुसार आवेदन आह्वान गरिएको थियो ।
- कार्य योजना र प्रस्तुतीकरणको मूल्याङ्कनपछि तीन जनाको नाम सिफारिस गरिनेछ ।
काठमाडौँ । गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको अवधिभित्र ३५ जनाले आवेदन दिएका हुन् ।
छनोट प्रक्रियाअनुसार, अब आवेदकहरूले आफ्नो कार्य योजना प्रस्तुत गर्नुपर्नेछ । उम्मेदवारहरूको कार्य योजना र प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा छनोट समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती सिफारिस भएका नाममध्येबाट एक जनालाई महाप्रबन्धक पदमा नियुक्त गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण