मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिभरपुलले प्रशिक्षकको लागि एन्डोनी इराओलासँग गर्‍यो सम्झौता

बुधबार, २० जेठ २०८३, ०६ : ३७
बुधबार, २० जेठ २०८३

सारांश

  • लिभरपुल फुटबल क्लबले नयाँ मुख्य प्रशिक्षकका रूपमा एन्डोनी इराओलालाई नियुक्त गर्ने लगभग पक्का भएको छ ।
  • क्लबले स्पेनी प्रशिक्षक इराओलासँग दुई वर्षे सम्झौताका लागि सिद्धान्ततः सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
  • आक्रामक र अगाडि बढेर खेल्ने शैलीका कारण इराओला लिभरपुलको पहिलो रोजाइमा परेका हुन् ।

इङ्लिस क्लब लिभरपुल फुटबल क्लबले नयाँ मुख्य प्रशिक्षकका रूपमा एन्डोनी इराओलालाई नियुक्त गर्ने लगभग पक्का भएको छ । क्लबले स्पेनी प्रशिक्षक इराओलासँग दुई वर्षे सम्झौताका लागि सिद्धान्ततः सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

४३ वर्षीय इराओला पूर्व प्रशिक्षक आर्ने स्लोथको स्थानमा आउने तयारीमा छन्। शनिबार स्लोटलाई बर्खास्त गरिएपछि लिभरपुलका खेल निर्देशक रिचार्ड हग्स र इराओलाबीच वार्ता सुरु भएको थियो। दुवै पक्षबीचको छलफल तीव्र गतिमा अघि बढेको र यसै साताभित्र सम्झौता औपचारिक हुने अपेक्षा गरिएको छ ।

इराओलाले आफ्नो प्रशिक्षक जीवनभर छोटो अवधिका सम्झौतालाई प्राथमिकता दिँदै आएका छन् । उनीसँगै सहायक प्रशिक्षक टमी एल्फिक र शन कुपर, विश्लेषक टम वेबर तथा फिटनेस प्रशिक्षक पाब्लो डे ला टोरे पनि लिभरपुलमा भित्रिने सम्भावना रहेको बताइएको छ।  यता स्लोटको प्रशिक्षक टोलीका सदस्य सिप्के हल्सहोफ, जियोभानी भान ब्रोंकहोस्र्ट र रुबेन पीटर्सले पनि क्लब छाड्ने भएका छन् ।

लिभरपुलले जुन ११ बाट सुरु हुने २०२६ विश्व कप अघि नै प्रशिक्षक परिवर्तनको प्रक्रिया पूरा गर्न चाहेको छ, ताकि नयाँ प्रशिक्षकले आगामी सिजनको तयारीका लागि पर्याप्त समय पाउन सकुन् ।

इराओला यसअघि एएफसि बनैमाउथका मुख्य प्रशिक्षक थिए । सिजनको अन्त्यसँगै उनको सम्झौता सकिएपछि उनी स्वतन्त्र भएका थिए । आक्रामक र अगाडि बढेर खेल्ने शैलीका कारण उनी लिभरपुलको पहिलो रोजाइमा परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप