चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
सारांश
- चलचित्र पत्रकार संघ नेपालले 'चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३' आयोजना गर्ने भएको छ।
- प्रतियोगितामा चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा २०८३ साल असोज २३ गतेभित्र [email protected] मा पठाउन सकिनेछ।
- प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ।
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ।
संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो। प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा २०८३ साल असोज २३ गतेभित्र तयार गरी [email protected] मा पठाउन सक्नेछन्।
प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्मको हुनुपर्नेछ। प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ।
प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ। संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइने बताइएको छ।
संघका महासचिव गोपीकृष्ण चापागाईंले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउन आयोजित प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण चलचित्र पत्रकारहरूलाई आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण