कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
सारांश
- नेपाली कांग्रेसभित्रको विवाद समाधान गर्न उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच निरन्तर वार्ता भइरहेको छ ।
- नेता रमेश लेखकले पार्टी विवाद समाधानका लागि खड्का र शर्माबीच छलफलको समन्वय गरिदिएको जानकारी दिएका छन् ।
- महामन्त्री प्रदीप पौडेलले जेठ अन्तिमसम्ममा सहमति जुट्ने अपेक्षा व्यक्त गरेका छन् ।
काठमाडौँ । गत पुस अन्तिम साता भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानार्थ नेताहरूले वार्ता गरिरहेका छन् ।
उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर। खड्काबिच विवाद समाधानका लागि अनौपचारिक रूपमा निरन्तर वार्ता भइरहेको छ ।
नेता रमेश लेखकको समन्वयनमा शर्मा र खड्काबिच वार्ता भइरहेको हो । लेखकले आफूले पार्टी विवाद समाधानका लागि खड्का र शर्माबिच छलफलको समन्वय गरिदिएको जानकारी दिए ।
‘पार्टीको विवाद समाधानका लागि वार्ता गर्नुपर्छ । छलफल गर्नुपर्छ भनेर पूर्ण दाइ (पूर्णबहादुर खड्का) र विश्वजी (विश्वप्रकाश शर्मा)बिच समन्वय गरिदिने काम गरेको हुँ,’ लेखकले रातोपाटीसँग भने, ‘अनौपचारिक वार्ताहरू भइरहेका छन् । म वार्तामा भने बसेको छैन । छलफलहरू सकारात्मक भएका बुझेको छु ।’
१४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको असहमतिबिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले थापाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसपछि देउवा र शेखर समूह निर्वाचन अयोग र सर्वोच्च अदालतमा विशेष महाधिवेशन अवैधानिक भएकाले त्यसबाट आएको नदिन माग गर्दै गएका थिए । तर, आयोग र सर्वोच्चले विशेष महाधिवेशनबाट आएको थापा नेतृत्वको समितिलाई नै मान्यता दिएपछि विवाद झन् बढेको थियो । अहिले त्यो विवाद समाधानका लागि नेताहरू छलफलमा जुटेका हुन् ।
महामन्त्री प्रदीप पौडेलले पनि नेताहरू विवाद समाधानका लागि वार्तामा रहेको जानकारी दिए । ‘शीर्ष तहमा विवाद मिलाउने प्रयास भइरहेको छ । नेताहरू निरन्तर छलफलमा हुनुहुन्छ,’ महामन्त्री पौडेलले रातोपाटीसँग भने, ‘जेठ अन्तिमसम्म सहमति जुट्ने अपेक्षामा हामी छौँ।’
पार्टीभित्रको विवाद समाधानका लागि सभापति थापाले गत वैशाख ६ र २३ गते निवर्तमान कार्यवाहक सभापति खड्कालाई भेटेका थिए । भने वैशाख २२ गते नेता डा. कोइरालालाई पनि भेटेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण