मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
सारांश
- कांग्रेस सभापति गगन थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
- थापाले मानव अधिकारका सवालमा पार्टीले कुनै पनि ‘दोहोरो मापदण्ड’ नअपनाउने स्पष्ट पारे।
- उनले राज्य पक्षबाट बल प्रयोगका क्रममा सीमा उल्लङ्घन र मानव अधिकारको गम्भीर हनन भएका घटनाहरू माफीयोग्य नहुने र कानुनअनुसार दण्डित हुनुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन र सिफारिसहरूको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।
आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र सिफारिसका सन्दर्भमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले विगतमा आयोगका सिफारिसहरू कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरूले सजाय नपाएको अवस्थालाई स्वीकार गर्दै अब त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सभापति थापाले नेपाली कांग्रेस अहिले नयाँ सोचका साथ अगाडि बढिरहेको बताउँदै मानव अधिकारका सवालमा पार्टीले कुनै पनि ‘दोहोरो मापदण्ड’ नअपनाउने स्पष्ट पारे। सभापति थापाले मानव अधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको सन्दर्भमा ‘कार्की आयोग’को प्रतिवेदन निष्पक्ष हुनेमा संशय व्यक्त गरे।
साथै आयोगको प्रतिवेदन आम निर्वाचनअघि सार्वजनिक नहुनुको पछाडि कुनै विशेष उद्देश्य थियो कि भन्ने प्रश्न गर्दै उनले यस विषयमा थप बहस आवश्यक रहेको औँल्याए। उनले राज्य पक्षबाट पनि बल प्रयोगका क्रममा सीमा उल्लङ्घन भएको र मानव अधिकारको गम्भीर हनन भएको उल्लेख गर्दै ती घटनाहरू माफीयोग्य नहुने र कानुनअनुसार दण्डको भागीदार हुनुपर्ने बताए।
विगतका घटनाहरूले निम्त्याएको पीडा र मानवीय क्षतिप्रति संवेदनशीलता प्रकट गर्दै उनले आवेग र उत्तेजनामा भएका कतिपय घटनालाई मानवीय पाटोबाट पनि हेर्नुपर्ने बताए। थुप्रै नागरिक र आमाहरूले आफ्ना सन्तान गुमाउनुपरेको पीडालाई सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिलाउने कुरालाई पार्टीले उच्च प्राथमिकतामा राखेको दाबी गरे।
संसद् र पार्टीका विभिन्न निकायमा यस्ता गम्भीर विषयहरूमा सूक्ष्म ढङ्गले छलफल गरिने बताउँदै सभापति थापाले आगामी दिनमा आफ्ना व्यवहारमार्फत नै यी प्रतिबद्धताहरू पुष्टि गर्दै जाने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण