विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
सारांश
- क्रोएसियाले मैत्रीपूर्ण फुटबल खेलमा स्लोभेनियालाई २-१ गोलले पराजित गरेको छ।
- कप्तान लुका मोड्रिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।
- मारियो पासालिकले खेलको अन्तिम समयमा निर्णायक गोल गरे।
डलास। वैकल्पिक खेलाडी मारियो पासालिकले खेलको अन्तिम समयमा निर्णायक गोल गरेपछि क्रोएसियाले मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा छिमेकी टोली स्लोभेनियालाई २-१ गोल अन्तरले पराजित गरेको छ।
आइतबार राति भएको यस जितसँगै क्रोएसियाले आगामी विश्वकपमा सुखद नतिजाका साथ पाइला टेक्ने भएको हो।
क्यानाडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुन गइरहेको विश्वकपमा प्रस्थान गर्नुअघि क्रोएसियाका लागि यो अन्तिम तयारी खेल थियो। पछिल्ला दुई विश्वकपमा कम्तीमा अन्तिम चारसम्मको यात्रा तय गरेको क्रोएसियाले जुन १७ मा डलासमा इंग्ल्याण्डविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ।
सम्भवतः आफ्नो देशको मैदानमा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलिरहेका ४० वर्षीय कप्तान लुका मोड्रिचले खेलको दोस्रो हाफको सुरुवातमै गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। उनले खेलको ५१ औँ मिनेटमा पेरिुसिचको पासलाई सदुपयोग गर्दै डि-बक्सको किनाराबाट उत्कृष्ट गोल गरेका थिए।
यो मोड्रिचको १९८ औँ अन्तर्राष्ट्रिय खेलमा २९ औँ गोल थियो। तर, खेलको ८३ औँ मिनेटमा क्रोएसियाका मार्टिन बातुरिनाको आत्मघाती जस्तो ब्याक पासको गल्तीको फाइदा उठाउँदै स्लोभेनियाका वैकल्पिक खेलाडी एन्ड्राज स्पोरारले गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याए।
खेल बराबरीमा सकिने अनुमान गरिरहँदा थप गरिएको समयको तेस्रो मिनेटमा पासालिकले डि-बक्स भित्र स्लोभेनियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई 'भली' मार्फत सिधै जाली चुमाए। खेलको सुरुवातमा क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले जन विपोतनिकको प्रहारलाई रोक्दै केही महत्त्वपूर्ण बचाउ गरेका थिए।
यसअघि गत मङ्गलबार रिजेकामा भएको पहिलो तयारी खेलमा क्रोएसिया बेल्जियमसँग २-० गोलले पराजित भएको थियो। विश्वकपको समूह ‘एल’ मा रहेको क्रोएसियाले इंग्ल्याण्डबाहेक घाना र पानामाको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण