सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागढुंगा सुरुङबाट निस्केको पानीको सदुपयोगबारे सांसद तिमिल्सिनाले उठाइन प्रश्न

सोमबार, २५ जेठ २०८३, १३ : १५
सोमबार, २५ जेठ २०८३

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले नेपाली इन्जिनियरले आफ्नै दक्षतामा सुरुङ मार्ग निर्माण गरेकोमा प्रशंसा गरेकी छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले नेपाली प्राविधिकहरूको क्षमतालाई कदर गर्दै उनीहरूलाई स्वदेशमै टिकाउने वातावरण बनाउनुपर्ने बताइन् ।

उनले सुरुङ निर्माणका क्रममा निस्किएको पानीलाई खेर जान नदिई सदुपयोग गर्ने योजनाबारे पनि जिज्ञासा राखिन् । उनले भनिन्, ‘सुरुङ मार्ग हेर्दा राम्रो लाग्यो। मलाई बुझ्न मन लागेको कुरा, सुरुमा जग्गाको मुद्दा मामिला परेको थियो, अहिले स्थानीयको सहयोग वा विरोध के कस्तो छ ? अर्को पानीको कुरा, सुरुङबाट निस्कने पानीलाई कसरी सदुपयोग गर्ने योजना छ ?’ 

सुरुङ निर्माणका क्रममा भित्र सङ्कलन भएको प्रति सेकेन्ड १५ लिटर पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको आयोजना निर्देशक सौजन्य नेपालले जानकारी दिए । उक्त पानीलाई चन्द्रागिरितर्फ खानेपानीका लागि वा धुनिबेसीतर्फ सिँचाइका लागि प्रयोग गर्न सकिने विकल्पमा खानेपानी मन्त्रालयसँग समन्वय भइरहेको आयोजना निर्देशक नेपालले बताएका छन् । 

साथै, जग्गाको मुआब्जा विवाद र स्थानीयको सहयोगको अवस्थाबारे बुझ्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप