जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका प्रतिवादी सुन्धाराबाट पक्राउ
सोमबार, २५ जेठ २०८३, १५ : ०३
सारांश
- अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बिराज सिंह लवट (खत्री) काठमाडौँको सुन्धाराबाट पक्राउ परेका छन्।
- लवट जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए।
- पक्राउ परेका लवटलाई प्रहरी वृत्त जनसेवामा राखी थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ। अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन्।
काठमाडौँको तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय लवटलाई काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकैबाट नियन्त्रणमा लिइएको हो।
लवट यसअघि जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए। त्यसबेलादेखि नै फरार रहेका उनको खोजीमा खटिएको प्रहरी टोलीले विशेष खोजतलासका क्रममा सुन्धारा क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको हो।
पक्राउ परेका लवटलाई अहिले काठमाडौँकै प्रहरी वृत्त जनसेवामा राखेर घटनाका सम्बन्धमा थप कानुनी कारबाही तथा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण