मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
शपथ ग्रहण समाराेह

सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ

सोमबार, २५ जेठ २०८३, १९ : ५०
सोमबार, २५ जेठ २०८३

सारांश

  • सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
  • बेलबहादुर रानामगर सामाजिक मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री र मान बहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।
  • मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्, जसलाई मुख्यमन्त्री कमल शाहले शपथ गराए ।

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। 

बेलबहादुर रानामगरले सामाजिक मन्त्री बनेका छन् । यस्तै विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री बन्दा मान बहादुर रावल उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री बनेका छन्। उनीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् ।

त्यस्तै दुई जनालाई राज्यमन्त्रीको शपथ ग्रहण गराइएको छ । मधु भारती सामाजिक विकास राज्यमन्त्री बन्दा जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।

राज्यमन्त्रीहरूलाई मुख्यमन्त्री कमल शाहले शपथ ग्रहण गराएका हुन् । उनीहरू सबै कांग्रेसबाट मन्त्री बनेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप